फागुन १०,२०७९ बुधबार
दाङ— सिँचाइ कुलो (नहर)मा डुबेर दाङमा एक जनाको मृत्यु भएको छ ।
बुधबार विहान देउखुरीमा खेतमा सिँचाइ गर्ने देउपुर कुलोमा डुबेर लमही नगरपालिका–६ देउपुर निवासी करिब ५० वर्षीय कैलाश डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसैबिच दाङको शान्तिनगर – ५ रगैंजामा एक किशोर मृत अवस्थामा फेला परेका छन् । शान्तिनगर १ आग्रानेटाका १७ बर्षीय प्रमोद डाँगी रगैंजा नजिकै सानो तुलसीपुर जाने नालामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मान वहादुर विसीले जानकारी दिनुभयो ।
मंगलबार रगैंजामा फुफूको घरमा जन्मदिनको पार्टीमा सहभागि भइ राति १० बजे घर फर्केका डाँगी मृत अवस्थामा फेला परेका हुन् ।