२०८१ असार १९ बुधबार
दाङ—दाङमा बबई नदीले बगाउदा एक किशोरी वेपत्ता भएकी छन ।जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.–१४ मटेरास्थित अन्दाजी १९ वर्षकी सम्झनालाई चौधरी बबई नदीले बगाउदा वेपत्ता भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहना करिब ८ बजेको समयमा मटेराघाटबाट नदी तर्ने क्रममा चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।वेपत्ता चौधरीको नेपाल प्रहरी र स्थानीयले खोजी कार्य गरिरहको प्रहरीले जनाएको छ ।