चैत ४,२०८१ सोमबार
दाङ । घोराही तुलसीपुर सडक खण्डको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर १७ र १८ नम्बरको सिमानामा पर्ने बेल्झुण्डी नजिक मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।
सोही दिशातर्फ आउँदैगरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्नेक्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो।एक्कासी बसले ब्रेक लगाउँदा मोटरसाइललाई सामान्य ठक्कर दिँदा मोटरसाइकल चालक पनि घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।