२६ मंसिर २०७९
दाङ प्रहरीले ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका (१५ की विनिता खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।
केही दिन पहिले जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका – १५ रतनपुरबाट २० वर्षिय अशोक खड्कालाई चार ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।
ब्राउन सुगरसहित श्रीमान पक्राउ परेपछि उनकी श्रीमती २१ वर्षिय विनिता खड्का नियमितजसो भेटघाटमा जाने गरेको प्रहरीले बताएको छ ।उनले हिरासतमै श्रीमान अशोकलाई दिनका लागि सानो पोका(पोका पारेर ब्राउन सुगर लगेर गएको अबस्थामा फेला परेपछि प्रहरीले आज विनितालाई पक्राउ गरेको हो ।
श्रीमान अशोकलाई खाना खुवाउने बेला उनले प्रहरी हिरासतमै ब्राउन सुगर लगेर जाने गरेको तथ्य खुलेको छ ।पक्राउ परेकी विनितालाई प्रहरीले स्वास्थ्य परिक्षण गरेर म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।