९ श्रावण २०८० मंगलबार
दाङः— दाङमा एक युवक खोलामा डुबेर बेपत्ता भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर— १० का सुनिल पुनमगर खोलामा डुबेर बेपत्ता हुनुभएको हो ।घोराही—७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका पुन डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
खोलामा डुबेका युवकको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।