२५ असार २०८० सोमबार
दाङ—दाङमा माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका—१ धनुबासमा पैदल हिडिरहेका सोही ठाउँ निवासी ६५ वर्षीय बलीराम खत्रीको शनिबार साँझ साढे ७ बजेको समयमा माथिबाट खसेको ढुंगाले लाग्दा मृत्यु भएको हो ।
खत्रीको घटना स्थलमै मृत्यु भएको वडाध्यक्ष हुमकान्त सापकोटाले बताए ।खत्रीको घटना स्थलमै मृत्यु भएको हो । शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।