१६ श्रावण २०८० मंगलबार
दाङ—तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनामा मोटरसाइकल दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन। घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुर निवासी रेमन्त बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
तुलसीपुर देखि कौवापुर आउदै गरेको रा ७ प ३४१६ नम्बरको मोटरसाइकल र स्कुटर एकाआपसमा ठोक्किएर दुर्घटना भएको हो। मोटरसाइकल चालक बस्नेत गम्भीर घाइते भएको र स्कुटर चालक सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।