११ जेठ २०८० बिहीबार
दाङ — दाङमा एक वृद्ध महिलामाथी कुटपिट पश्चात लुटपाट भएको छ । घोराही उपमहानगरपालिका–१३ सेवार बासबोट स्थित ६२ वर्षिया राखीमाया रोकालाई कुटपिट गरेर सुनका गरगहना लुटपाट भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए ।
उनका अनुसार बुधवार घरमै आएर एक जना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गरि गम्भीर घाइते बनाएर महिलाले लगाएको दुईतोला सुनका गरगहना लुटपाट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी रोकाको यहा उपचार सम्भव नभएपछि थप उपचारका लागी भैरहवा रिफर गरिएको डीएसपी गौतमले दिए। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।