५ साउन २०८० शुक्रबार
दाङ:-दाङमा ७३ वर्षीय वृद्धा बलात्कृत भएको २४ घण्टा नवित्दै अर्को बलात्कारको घटना बाहिरिएको छ ।
साउन २ गते तुलसीपुरमा एक बालिका बलात्कृत भएको घटना आज(शुक्रबार) बाहिरीएको हो। तुलसीपुरमा उपमहानगरपालिका वडा नं.—११ बाघखोली बस्ने ११ बर्षिय बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।
सोहि ठाउँका २८ बर्षिय सुनिल बिकले बालिकालाई घरमा कोही नभएको समयमा बलात्कार गरेको जसपुर प्रहरी चौकिका ईन्चार्ज विर बहादुर भण्डारीले जानकारी दिएका छन् ।आरोपित बि.क. भने अहिले फरार रहेका छन।
घरमा बाबु–आमा नभएको समयमा बि.क.ले रातको समयमा ती बालिकालाई बलात्कार गरेको खुल्न आएको छ ।स्रोतका अनुसार बलात्कार गर्ने पुरुष नाता पर्ने ब्यक्ती हुन् । पीडित बालिकाका वुवा रोजगारको सिलसिलामा सुर्खेत गएको र आमा आफन्तीको घर गएको मौका छोपी बलात्कार गरेको प्रहरीले बताएको छ ।पछिल्लो समय जिल्लामा एक पछि अर्को गर्दै श्रृङखलाबद्ध रुपमा बलात्कारका घटनामा बढ्न थालेको भन्दै सरोकारवालाहरुले चिन्ता समेत व्यक्त गरेका छन्।