माघ २६,२०८१ शनिबार
दाङ।दाङमा १० वर्षीय बालकले भरूवा बन्दुक चलाउँदा उनको आफ्नै भाईको ज्यान गएको छ।
शनिबार बिहान ११ बजेतिर तिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुटा सम्बा निवासी १० वर्षीय शिशिर केसीले बन्दुक चलाउँदा नौ वर्षे भाइ भुवन केसीको ज्यान गएको हो।
घर देखि १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा घरमा बाजे ६२ बर्षीय भुविन्द्र खत्रीले घरमा लोड गरी राखेको १ नाले भरुवा बन्दुकले भुवनको दाँया कंचटमा हान्दन घट्ना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले बताए ।
प्रहरीले बाजे भुविन्द्र खत्रीसहित १ थान भरुवा बन्दुक, छर्रा ३२८ पिस र फलामको ४ वटा गोली बरामद गरेको छ। बाजेले भरेर राखेको बन्दुकलाई खेलाउने क्रममा पड्किएको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरी निरीक्षक खत्रीले बताए ।घटनका बिषयमा अनुसन्धान भइरहेको छ ।