दाङ,९मंसिर २०७९ शुक्रबार
दाङमा करिब १३ वर्षिय बालिका बलात्कृत भएकी छिन् । बालिकालाई मंसिर ७ गते राती तुलसीपुर कचीलाका २६ बर्षिय अम्मर बि.क.ले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफन्तकोमा जान हिडेकी बालिकालाई बि.क.ले तुलसीपुरको बसपार्कमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । तुलसीपुरको ग्वारखोला नजिकै आफन्तको घर जान हिडेका ३ जना मध्ये बालिकालाई पछि लिन आउने भन्दै बि.कले २ जनालाई आफन्तीकोमा लगेर छोडिदिएका थिए ।पछि बालिकालाई लिन आएका बि.क.ले उनलाई मोटरसाईकलमा राखी बसपार्कमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनु भयो । आरोपित बि.क.लाई प्रहरीले पक्राऊ गरी अनुसन्धान गरिरहेको छ ।