अरुणकुमार नेपाली
३ असोज २०८० बुधबार
दाङः— संविधान दिवसको अवसरमा दाङका दुई कारागारबाट २२ जना कैदीबन्दीको कैद मिनाह भएको छ । जिल्लाको घोराही र तुलसीपुर कारागारबाट २२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो ।प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीकाअनुसार घोराही कारागारबाट ८ जना र तुलसीपुर कारागारबाट १४ जना कैदीबन्दीको कैद मिनाह भएको हो ।
जसमध्य घोराही कारागारबाट कर्तव्य ज्यानका २, सवारी ज्यानका २ र चोरी मुद्दाका ४ गरी ८ जना कैदीबन्दीको कैद मिनाह भएको हो । घोराहीबाट कैद मिनाह हुनेमा आठै जना पुरुष कैदीबन्दी रहेका छन् ।
त्यस्तै तुलसीपुर कारागारबाट एक जना महिलासहित १४ जना कैदीबन्दीको कैद मिनाह भएको प्रजिअ सुवेदीले बताए । कैद मिनाह भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा छोडएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीको बाँकी कैद मिनाह भएको कारागार प्रशासनले जनाएको छ ।