७ मंसिर,२०७९
दाङ २ (क)मा नेपाली कांग्रेसका उम्मेद्वार राजु खनाल विजयी भएका छन् ।मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा २ (क) को मतगणनामा खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार वलीभद्र राणालाई ११ सय ६७ मतान्तरले पराजित गरेका हुन् । राणाले १४ हजार ४ सय ४९ मत प्राप्त गरे ।यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो भने १ हजार ४ सय ८५ मत बदर भएकाे थियाे ।