दार्चुला – दार्चुलामा महाकाली नदीमा बगेर एक वृद्धाकाे ज्यान गएकाे छ ।
महाकाली नगरपालिका-४ बांगाबगर घर भएकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवालको नदीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताउनु भयाे ।
नदी किनारमा लुगा धुने क्रममा उहाँ चिप्लिनु भएकाे थियाे । उहाँको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला परेको हाे ।
भारतीय प्रहरीले ढुङ्गाको बीचमा अड्किएको शव निकालेका थिए । मृतकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।