बर्दियाको बारबर्दिया नगरपलिका वडा न.६ को धामपुरमा आयोजित श्रीमद भागवात् कथा समापन भएको छ दिव्यज्योति जागृति संस्था नेपाल द्वारा आयोजना गरिएको ७ दिने भागवत कथा भब्य रुपमा सम्पन्न भएको छ
शान्ति,जीवनदर्शन,दिव्यज्योति र मानवकल्याणको उद्देश्यले गरीएको भागवात् कथामा जीवन जिउने शैली,आध्यात्मिक शैली बारे निरन्तर प्रबचन गरिएको दिव्यज्योति जागृति संस्था नेपालको संयोजक भागेश्वरी भारतीले बताउनुभयो
साथै धार्मिक झाकी,रामायण कथा,मन भित्र कसरी इश्वरीय शक्ति महसुस गर्ने भन्ने बारे समेत कथा बाचन भएको थियो
कथा प्रवचनमा श्री आसुतोष महाराजको जीवन कथा र वहाँको दिव्यज्योति ज्ञान, मानव कल्याण बारे आम सर्वसाधारण लाई ज्ञान समेत प्रदान गरिरहेको संयोजकको भनाई छ
श्रीमद भागवत कथा वाचिका साध्वी भाग्यश्री भारतीले गर्नु भएको थियो
कथामा सेवा भावना साथ भागवत कथामा देशका बिभिन्न ठाउँ र भारतको बिभिन्न ठाउँ बाट स्वयंसेवक भई समेत सेवादरको भूमिका निर्वाह गरेका हुन् कथामा दैनिक ३ हजार भक्तजन लगाएतको उपस्थिति रहेको संयोजक भारतीले बताउनु भयो
कथा साझ ६ बजे देखि राति १० बजे सम्म चल्ने गरेको थियो