अरुण कुमार नेपाली
२०८१,जेठ १० । तुलसीपुर १३ बराहखुटीका ६४ बर्षिय बालाराम नेपाली र रामपुरका ४० बर्षिय मिठ्ठु बिकका दुवै मृगौला खराब भएको निकै लामो समय भइसकेको छ ।पीडित दुवै जनाको घरको आर्थिक अवस्था पनि निकै कमजोर छ ।जसका कारण उहाँहरुको उपचारमा समस्या परिरहेको छ । चिकित्सको सल्लाह बमोजिम दुवै जनाको मृगौलाको नियमित डायलासिस गर्नुपर्ने छ ।
तर पैसाकै अभावमा उहाँहरुको परिवारले नियमित गर्नुपर्ने उपचार गराउन सकिरहेको छैन । दुवै जनाको मृगौला लगभग काम नगर्ने स्थितिमा पुगिसकेका छन । आर्थिक अभावकै कारण उपचारमा समस्या भएपछि तुलसीपुर १३ मा रहेको फुलबारी युवा मञ्चले बालाराम र मिठ्ठु बचाउ अभियान सुरु गरेको छ । फुलबारी युवा मञ्च नितान्त सामाजिक सेवामा समर्पित संस्था हो,जसको स्थापना २०७६ सालमा भएको हो ।
वैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर नेपालीहरुको सक्रियतामा स्थापना भएको यो संस्थाले स्थापना भएदेखि नै दीन दुखीको सेवा गर्दै आइरहेको छ ।मानव सेवा नै सर्वोत्कृष्ट कार्य भएको भन्दै मञ्चले बुधबार नेपाली र मिठ्ठुलाई पन्ध्र —पन्ध्र हजारका दरले आर्थिक सहयोग समेत गरेको छ । नेपाली र बिकको उपचारमा समस्या भएपछि उहाँहरुलाई आर्थिक सहयोग गरेको हो ।
वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरुले संकलन गरेर पठाएको उक्त रकम पीडितका परिवारलाई हस्ताणतरण गरिएको युवामञ्चका सदस्य यज्ञ बहादुर परियारले बताउनु भयो ।युवा मञ्चले पीडितको घरमै गएर आर्थिक सहयोग गरेको सदस्य परियारले बताउनु भयो ।
फुलबारी युवा मञ्चले स्थापनाकालदेखि नै विभिन्न आपत विपतमा परेका नागरिकहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।
‘जहाँ समस्या त्यहाँ फुलबारी युवामञ्च’भन्ने मूल नाराका साथ सामाजिक सेवाको कार्यलाई अघि बढाइएको मञ्चका वरिष्ठ सदस्य मधु नेपाललीले बताउनु भयो । ‘हामीले यो संस्था दीन दुखीको सेवाका लागि स्थापना गरेका हौ,यसमा वैदेशिक रोजगारीमा गएका नेपालीले आफ्नो छाक कटाएर पठाएको रकमबाट आर्थिक सहयोग गर्ने काम गरिरहेका छौ ।’वरिष्ठ सदस्य नेपालीले फुलबारी युवामञ्चको सेवा क्षेत्र तुलसीपुर १३ मात्र नभई दाङ जिल्ला भरी नै भएको बताउनु भयो ।उहाँले कुनै पनि समस्यामा परेका दाङ जिल्ला भित्रका नागरिकले सम्पर्क गरेमा युवामञ्चले सहयोग गर्ने बताउनु भयो ।युवामञ्चले अहिलेसम्म विभिन्न आपत विपतमा परेका सयौ नागरिकलाई आर्थिक,खाद्यान्न र लत्ताकपडा सहयोग गरिसकेको छ ।