पोखरा : पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको एटीआर ७२ विमानमा १० विदेशी नागरिक रहेको पाइएको छ। विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए। जसमध्ये ६ जना बालबालिका रहेका छन्। बालबालिकामध्ये ३ जना शिशु रहेको पाइएको छ।
सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको छ।
यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो ।
जहाजमा ७० जना सवार थिए। आइतबार बिहान साढे १० बजे काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको थियो। ११ बजे पोखराको नयाँ एयरपोर्टमा ल्याण्ड हुने क्रममा विमान दुर्घटना भएको हो।
विमान पाइलट कमल केसीले उडाएका थिए।
उद्दार जारी छ।