९बैशाख२०८०
दाङ– जिल्लाको देउखुरीमा शनिबार एक घरमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षति भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ को बुढीचौरका प्रेम बहादुर वलीको घरमा विद्युत्त र्सट भएर आगलागी हुँदा उक्त क्षति भएको हो ।
आगलागीबाट घर पूर्णरुपमा जलेको छ भने घरमा भएका नगद रु १५ हजार,खाद्यान्न,भाँडाकुँडा,लत्ताकपडा र कागज पत्र समेत जलेको प्रहरी चौकी मसुरीयाले जनाएको छ।नेपाल प्रहरी र स्थानीयवासी लगायतले आगो नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।