१४ कात्तिक २०८०, मंगलबार
४ कात्तिक २०८०, मंगलबार
दाङ । दाङको राजपुरमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने अर्का जना गम्भीर घाइते भएका छन् ।
किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर—२ सोमाइथान मन्दिर नजिकै रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिएको हो ।
पिकअपको ठक्करबाट मोटसाइकलमा सवार राजपुर—२ बेला निवासी २१ वर्षीय श्रवण यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ भने सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारको लागि लमही अस्पताल लगिएको छ भने पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।