।
२०८१ असार २२ शनिबार
दाङ—दाङमा राप्ती नदीले बगाउँदा एक युवक वेपत्ता भएका छन । जिल्लाको राजपुर गाउँपालिका – २ का १९ वर्षीय राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता हुन।
इलाका प्रहरी कार्याल अमेलियाका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजीको प्रयास जारी रहेको बताए ।यादव लमहीबाट दूध बेचेर घर फर्किदै गर्दा राप्तीको भेलमा बगेका हुन ।
उनीसंगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार भएको छ। नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
बाढी आउँदा दुइ जना रुखमा चढ्नु भएछ,’ श्रेष्ठले भने ‘ बेपत्ता युवकले रुख समात्न नपाउँदै बगाएको भन्ने छ।’
दूध बेचेर संगै घर फर्किने क्रममा लमही नगरपालिका – ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा बाढी आएका कारण एकजना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।