२०८१ जेठ २७,आइतबार
दाङ । दाङको देउखुरीमा श्रीमानले तरकारी पकाउने कराही प्रहार गरी श्रीमतीको हत्या गरेका छन । गढवा गाउँपालिका वडा नं.२ पचहिया निवासी बर्ष २६ का रन्जीत चौधरीले २१ बर्षिय श्रीमती कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गरी ज्यान लिएका हुन ।
गत जेष्ठ २४ गते राती करिब ९ बजेको समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएको र बुटवलको क्रमिसन हस्पिटल बुटवलमा उपचारका क्रममा आज बिहान ८ मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको गढवा प्रहरीले जनाएको छ ।