७ चैत २०७९ मंगलबार
दाङ । देउखुरीमा सुकुटी सहित एक जना पक्राउ परेका छन्। राजपुर गाउँपालिका वाड वडा नम्बर ७ का कमान सिंह बि.क.लाई आज विहान करिव साढे २० किलो सुकुटी सहित चंगुवा प्रहरीले पक्राउ गरेको हो।
बि.क.लाई राजपुर गाऊँपालिका वडा नम्बर ५ नौसहराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बिकलाई अनुसन्धानका लागि देउखुरी डिभिजन वन कार्यालय लमही दाङ (देउखुरी)मा बुझाइने ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए।