अरुणकुमार नेपाली
माघ १४,२०७९ शनिबार
दाङ—लमहीमा सञ्चालन भइरहेको देउखुरी महोत्सवमा अवलोकन गर्ने मानिसहरुको सहभागिता बढ्दै गइरहेको छ ।
महोत्सवको तेस्रो दिन शनिबार करिब ४ हजार मानिसले अवलोकन गरेको देउखुरी उद्योग वाणिज्य संघका प्रेस संयोजक प्रिया स्मिृती गजमेरले जानकारी दिए।
माघ १२ गतेदेखि सुरु भएको महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुने छ।महोत्सव सञ्चालनको तेस्रो दिनमा अवलोकनकर्ताहरुको संख्यमा उल्लेख्य सहभागिता भएको उनले जानकारी दिए ।
आगामी दिनमा अवलोक गर्ने मानिसहरुको संख्यमा बृद्धि हुने उनले बताए । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ महोत्सव अजम्बरी सामुदायिक वनको पिकनिक स्थल(जैविक बिबिधता) पार्क पछाडि सञ्चालन भइरहेको छ।आज शनिबार भएकाले दर्शकहरुको राम्रै उपस्थिति रहेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका महासचिव लेखराज केसीले जानकारी दिए ।
खेम सेञ्चुरी र भूमिकाले नचाए दर्शक
यसैबीच महोत्सवमा राष्ट्रिय कलाकार खेम सेञ्चुरी र भूमिका गिरीले दर्शकलाई दिनै भरी नचाए ।
उनिहरुले आफ्ना हिट गित मार्फत दर्शकलाई नचाए । सेञ्चुरीले काँचो बेलौति,सुर्ति मार्दा मार्दै,झ्यालमा पर्दा छ,ऐना टलल जस्ता गित गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । भने भुमिकाका गिरीले गोरखपुरको सलाई, चोली मैलो भो, देउरालीमा, फिक्का चिया जस्ता गित गाएर दर्शकलाई नचाएकि थिइन ।
अन्य स्थानिय कलाकारहरुले पनि आफ्ना प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।महोत्सव अवधिभर करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने आयोजकको अपेक्षा छ।भोलि आइतबार महोत्सवमा राष्ट्रियस्तरका चर्चित युवा कलाकार प्रताप दास लगायतको प्रस्तुति रहने छ ।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।