बिहीबार, मंसिर १५, २०७९
शहरी विकासमन्त्री एवं नेकपा एकिकृत समाजवादीकाका नेता मेटमणि चौधरीले अबको नयाँ सरकार सत्ता गठबन्धनकै नेतृत्वमा बन्ने बताएका छन् । उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताए ।बिहिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले अब पाँच वर्षसम्म यहि गठबन्धनको सरकार बन्ने दाबी गरे ।सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ उनले भने,सरकारको नेतृत्व र मन्त्रीहरु पनि सल्लाहमै टुङ्गो लगाउँछौ ।’
अर्को गठबन्धन नबन्ने उनको दाबी छ । मन्त्री चौधरीले कांग्रेसले सरकारको नेतृत्व गर्ने पनि बताए । अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै चौधरीले भने, ‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्योबाहेक अरु खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन ।’
मन्त्री चौधरीले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने पनि बताए । आफ्नो दलले चुनावमा हासिल गरेको सिट सङ्ख्या अपेक्षित नभए पनि तुलनात्मक रूपमा सन्तोषजनक रहेको उनको भनाइ छ ।
उनले काठमाडौं उपत्यकाभित्र देखिएको सुकुम्बासी समस्या पनि छिट्टै हल गरिने बताउँदै आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गरिने जानकारी दिए ।