६ माघ २०७९ शुक्रबार
काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनु भएपछि देवराज घिमिरेले नेकपा ९एमाले० को सबै पदबाट राजीनामा दिएका छन् ।
बिहीबार सभामुखमा निर्वाचित भएपछि उहाँले शुक्रबार एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिनुएका हुन ।सभामुखको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाह गर्नका लागि आफूले पार्टीबाट राजीनामा दिएको उनले बताए।
बिहीबार प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनका आधारमा सभामुख चयनका लागि भएको मतदानमा सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका एमालेका घिमिरेले १६७ मत ल्याएर निर्वाचित हुनु भएका थिए। घिमिरेको विपक्षमा उम्मेदवारी दिनु भएकी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई १ सय मत प्राप्त भएको थियो । प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।