माघ २८,२०७९ शनिबार
काठमाडौं — देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।
तनहुँ, आबुँखैरेनी गाउँपालिका(३ गाउँपालिका चोकमा डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग।१ ख ६३०७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मीनबहादुर विकको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको चितवनस्थित सिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भक्तपुर, चागुँनारायण नगरपालिका(६ बाख्रीगाउँस्थित सडकमा नगरकोटबाट तेलकोटतर्फ जाँदै गरेको प्रदेश ०३(०२(००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं शंखरापुर नगरपालिका( ५ पालुवारी बस्ने ४० वर्षीय शंखर भोलोन तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी भक्तपुर, सूर्यविनायक नगरपालिका(७ जोरपाटीस्थित सडकमा बा।४ ख ८९१२ नम्बरको बसमा बा।९९ प ३४८५ नम्बरको स्कुटर ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाउँपालिका(७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका(२ झौखेल बस्ने ३९ वर्षीया ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारीसाधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गुल्मी, धुर्कोट गाउँपालिका(२ पीपलधारास्थित सडकमा पीपलधारातर्फ जाँदै गरेको लु।४ त ७६५६ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने २२ वर्षीय सुवास परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ। ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरी, इटहरी उपमहानगरपालिका(६ वीरेन्द्रचोकमा ना।५ ख ४५५३ नम्बरको ट्रकले को।२१ प ५४७७ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका(५ बस्ने ३२ वर्षीया तारा निरौलाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बारा, कलैया उपमहानगरपालिका(२० वसतपुरस्थित सडकमा बेनौलीबाट बसतपुरतर्फ जाँदै गरेको बा।२६ प ४९०३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दिनानाथ दासको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दैलेख, नारायण नगरपालिका(८ सिमाँडास्थित सडकमा से।२ त १६५२ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार भगवतीमाई गाउँपालिका(१ गन्म बस्ने ६८ वर्षीय गोविन्द अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अर्घाखाँची, पाणिनी गाउँपालिका(८ अरबकास्थित सडकमा लु।२ त ९२७१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका(८ गैनडाँडा बस्ने १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनालाई उपचारका लागि पाल्पातर्फ पठाइएको छ।