धादिङस्थित पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाईते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा माईक्रोमा सवार नाम नखुलेकी अन्दाजी २९ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चारजना यात्रु गम्भिर छन् । उनिहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको र अन्य घाईतेको गजुरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको हाम्रा धादिङस्थित समाचारदाताले जनाएका छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको माईक्रोबस र विपरित दिशाबाट आउँदै गरेको बस पृथ्वी राजमार्गको बिहानी पम्प भन्ने स्थानमा एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।