२६ श्रावण २०८०, शुक्रबार
काठमाडौं:- नक्कली प्रमाणपत्र प्रकरणमा बिहीबार पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
थुनामा राख्नका लागि शुक्रबार म्याद लिन पुगेको सरकारी वकिललाई अदालतका न्यायधीश दन्डपाणी शर्माकाे इजलाशले शर्मालाई थुनामा राख्न नपर्ने आदेश दिएकाे हाे । अदालतले थुना बाहिर राखेर नै शर्मालाई अनुसन्धान गर्न पनि आदेश दिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बिहीबार शर्मासहित पाँच जना चिकित्सकलाई पक्राउ गरेको थियो ।