नेपालगन्ज- माँ पुर्णागिरि मिडिया नेटवर्क प्रालि द्वारा संचालित नयाँ सरोकारले १ हफ्ताको आधारभुत पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ
युवाहरु लाई संचार क्षेत्रमा क्रियाशील बनाउने तथा पत्रकारितामा रुची राख्ने युवाहरु लाई लक्षित गर्दै तालिमको आयोजना गर्न लागिएको नयाँ सरोकारका प्रबन्ध निर्देशक प्रदिप गुप्ताले बताउनु भयो
पुसको दोस्रो हफ्ता देखि संचालन गर्ने अभिप्रायले तालिमको तयारी गर्न लागिएको गुप्ताले जानकारी गराउनु भयो
१ हफ्ते आधारभूत पत्रकारिता तालिममा प्रशिक्षार्थीहरु लाई पत्रकारिता क्षेत्रका बिज्ञ प्रखर व्यक्तित्त्व हरु द्वारा तालिम गराइने साथै प्रयोगात्मक क्रियाकलाप संचालन गर्ने नयाँ सरोकारका सह-सम्पादक साहिल अन्सारीको भनाई छ
अन्सारीका अनुसार इच्छुक युवाहरुले नयाँ सरोकार संग समन्वय गर्न सक्नुहुने बताउनु भयो
तालिममा सफल युवालाई नयाँ सरोकार संग जोडिने अवसर समेत प्रदान गर्ने आयोजकको आह्वान छ