NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result
ADVERTISEMENT

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

नयाँसरोकर नयाँसरोकर
५ दिन अगाडि
होमपेज
Reading Time: 1 min read
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ- आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।

नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ ।

अघिल्लो पोस्ट

बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

१ हप्ता अगाडि
होमपेज

दाङमा जेनजी प्रदर्शनको क्रममा १८८ सवारीसाधन जलेर नष्ट

१ हप्ता अगाडि
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

१ हप्ता अगाडि
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२ हप्ता अगाडि
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

२ हप्ता अगाडि
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

५ दिन अगाडि

बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

१ हप्ता अगाडि
Cloud Web Nepal Cloud Web Nepal Cloud Web Nepal
ADVERTISEMENT

Nepali Date Converter



शनि, अशोज ११, २०८२

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९/८०
प्रेस काउन्सिल नेपाल प्रमाणपत्र नं :३६११
मोबाईल नम्बर :- ९८५७०३११५३
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- support@nayasarokar.com

ब्राउज गर्नुहोस्

  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

पछिल्लो समाचारहरू

  • नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)
  • दाङमा जेनजी प्रदर्शनको क्रममा १८८ सवारीसाधन जलेर नष्ट
  • मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
  • सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 
  • राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!