नेपालगन्ज- चाडपर्व लाई लक्षित गर्दै बाँके प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ।चाडपर्व नजिक भए संगै आम नागरिक सर्वसाधारण लाई सुरक्षा प्रत्याभूति गराउनको निम्ति जिल्ला प्रहरी कार्यालय र मातहातका चौकी लाई चुस्तदुरुस्त रहन बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले निर्देशन समेत दिएका छन।

चाडपर्वको बेला चोरी डकैती, मादकपदार्थ सेवन गरि गुन्डागर्दी गर्ने हरु लाई कडा कारवाही गर्ने समेत बताएका छन। साथै भारत बाट चाडपर्व मनाउनका नेपाली नागरिकहरुलाई गन्तब्य सम्म पुग्दा सम्मका लागि ठाउँ ठाउँमा यात्रु सहायता कक्षको समेत ब्यवस्था गरिएको जानकारी दिनुभयो।
मानवअधिकार प्रत्याभूतिका लागि बाँके प्रहरी संबेदनसिल रहेको बताउदै कसैले पनि अमर्यादित गतिविधि गरेको खण्डमा नजिकको प्रहरी तथा स्वयम प्रहरी प्रमुख लाई सम्पर्क गर्न अधिकारीले अहवान गर्नुभयो।