१५ जेठ २०८० सोमबार
काठमाडौं — सरकारले नियमित रुपमा दिदै आएको प्रोत्साहन भत्ता खारेजको घोषणा गरेको छ।
सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आव २०८०८१ को बजेट सार्वजनिक गर्दै यस्तो प्रोत्साहन भत्ता खारेज गरेको बताएका हुन्। उनले भने,‘नियमित दिदै आएको प्रोत्साहन भत्ता खारेज गरिएको घोषणा गर्दछु ।यसैबीच सरकारले अत्यावश्यक बाहेक नयाँ भवन नबनाउने पनि घोषणा गरेको छ।त्यस्तै बढ्दो सरकारी साधनको खर्च नियन्त्रण गर्न तोकिएको एकमुस्ट रकम दिइने बताए।