
नेपालगन्ज ९ माघ । अत्यधिक चिसो बढेपछि बाँके नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा आज बुधबारदेखि माघ ११ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताउनुभयो ।
अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।
अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा दिइएको छ । उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण बिद्यालयहरुमा तीनदिन जाडो बिदा दिइएको हो ।
नेपालगञ्जमा एक साता देखी निरन्तर शीतलहर चलेसंगै चिसो अत्याधिक बढेको छ । शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठेरो भएको अभिभावकले बताएका छन ।