२८ कात्तिक २०८१ बुधबार
काठमाडौं। कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरण सहित दुष्प्रचार गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोरखाका नवराज अर्याललाई नियन्त्रणमा लिएको हो ।
अर्यालले एक टेलिभिजनको अन्तरर्वार्तामा निर्मलाको बलात्कारपछि हत्या गर्नेको पहिचान आफूले गर्न सक्ने भन्दै भ्रामक अभिव्यक्ति दिएका थिए ।टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो । सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोतालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
ुअर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्, उनले भने,सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौं ।आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्र्तवार्तामा दिएको प्रहरीको भनाइ छ ।