नेपालगंज-असोज १४/ प्रविन पोरवाल
नेपाल सबिधानले मौलिक हकको रुपमा समानता र महिलाको हकको ब्यवस्था लाई मौलिक हकको रुपमा सबैधानिक रुपमा उल्लेख गरेको छ।सबिधानको धारा ३८ मा महिलाको हकको ब्यवस्था सगै सो धाराको उपधारा ४ मा महिलालाई समाबेशी समानुपातिक सिद्धान्तको आधारमा सहभागीताको हक भनी ब्यख्या गरेको छ।
महिलाहरूको सबैधानिक अधिकारको रुपमा ब्यवस्था गरिएको अधिकारलाई कार्यन्वयनका लागि बाँकेका महिला नेताहरु अग्रसरता देखाएको छ। बिहिवार फातिमा फाउन्डेसन नामक संस्थाले आयोजना गरेको मङ्सिर ४ को प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा महिला सहभागिता बढाउन सहभागी महिला नेताहरूले जोडदार रुपमा पार्टी नेतृत्व सङ माग गरेका छन।
राजनीतिक तथा नेतृत्वदायी भुमिकामा महिला लाई ३३ प्रतिशत भन्दा थप माथी उकास्न समेत कार्यक्रमका सहभागीहरुले जिकिर गरेका छन।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस बाँकेको पुर्व सभापति तथा महिला नेत्री किरण कोइरालाले आफुले राजनीति क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेको बताउदै थप मेहनत र चुनौतीको सामना गर्न पर्नेमा जोड दिनु भयो।
नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रतिनिधि बिजया धिताल भन्छिन- राजनितीक यात्रामा आट गर्न सक्नुपर्छ,मैले आट गरेकै कारणले दोस्रो संविधान सभाको निर्वाचनमा स्वार्गिय प्रधानमन्त्री सुशील कोइराला सङ प्रतिस्पर्धा गरेको हो भन्दै भन्नुहुन्छ: पार्टीको आफ्नो नीति सिद्धान्त विधि हुन्छ हामीले सो अनुरुप अगाडि बढ्ने हो राजनितीक दल सम्बन्धि ऐन लाई हामी सबैले मान्नुपर्छ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको रेनुका खडकाले भनिन हामीले हाम्रो पार्टीमा पचास प्रतिशत महिला नेतृत्व माग गरिरहेको छौ र यसमा नेतृत्व समेत सकारात्मक रहेको बताउनु भयो।
जनता समाजवादी पार्टीले समाबेशी तर्फ महिलाहरु लाई चुनावमा अर्थपूर्ण सहभागिता गराउनका लागि प्रदेश समिती र केन्द्रीय कार्यकरिणी समिती निकै संबेदनसिल भइ क्रियाकलाप गरिरहेको जानकारी जनता समाजवादी पार्टीको अम्बिका काफ्लेले बताउनु भयो।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता नन्दलाल वैश्यले राजनीतिमा महिला सहभागिता बढाउन आफ्नो पार्टीले सबै खाले प्रयास गरिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको सभापति फातिमा फाउन्डेसनको अध्यक्ष मैमुना सिद्दिकीले यस्तो खाले छलफल र अन्तरक्रिया निरन्तर आवस्यक रहेको भन्दै यस्तो खाले कार्यक्रमले राज्य लाई जिम्मेवार बनाउने कुरा औल्याउँदै राज्य र राजनीतिक दल महिला सहभागिताका लागि अझै विभेद गरिरहेको चिन्ता ब्यक्त गर्नु भयो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग,विभिन्न संघसंस्था,राजनीतिक दल,महिला समूह लगायतको उपस्थिति रहेको थियो।सो कार्यक्रमको सहजीकरण अधिवक्ता प्रहलाद कार्कीले गर्नुभएको थियो।