चैत १७,२०८१ आइतबार
दाङ । नेकपा एमाले दाङले लोकतान्त्रिक जागरण अभियानअन्तर्गत भोली चैत १८ गते तुलसीपुरमा मोटरसाइकल र्यालीको आयोजना गरेको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्ला स्तरीय जनप्रदर्शनको रूपमा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो।
नेकपा एमाले दाङका सचिव श्याम डाँगीका अनुसार उक्त र्याली लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण अभियानलाई जनस्तरमा प्रभावकारी बनाउनका लागि आयोजना गरिएको हो । नेकपा एमाले तुलसीपुरको पार्टी कार्यालयबाट ठिक १ बजे सुरु हुने र्यालीमा तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडाबाट एमालेका कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहने सचिव डाँगीले जानकारी दिए । शान्तिनगर, दंगिशरण र बबई गाउँपालिकाका पालिका कमिटीहरुबाट पनि सहभागिता रहने र्यालिले मदन आश्रित चोक,बाहिनि चोक,बसपार्क,बिरेन्द्र चोक हुँदै बजार परिक्रमा गरेर बि.पि. चोकमा पुगेर कोण सभामा परिणत हुने नेकपा एमाले तुलसीपुरका अध्यक्ष रुप बहादुर खत्रीले जानकारी दिए ।
पार्टीले विभिन्न कार्यक्रममार्फत आम नागरिकमा राजनीतिक सचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको छ। यसअघि पनि एमालेले विभिन्न स्थानमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ।