२७ मंसिर २०८१,बिहीबार
दाङ ।नेकपा माओवादी केन्द्र तुलसीपुर १३ को वडा कमिटी गठन गरिएको छ ।बिहीबार सम्पन्न तेस्रो सम्मेलनले मेघराज के.सी.को अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
जसको उपाध्यक्षमा शम्भु नेपाली रहेका छन भने सचिवमा गिरीराज वलीलाई चयन गरिएको छ ।नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धनबहादुर मास्केको प्रमुख आतिथ्यतामा उक्त वडा कमिटी निर्माण गरिएको सम्बद्ध पार्टीले जानकारी दिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य मास्केले जनताको समस्यालाई केन्द्रमा राखेर काम गर्न गठिन नयाँ कार्य समितिलाई निर्देशन समेत दिए। सरकारमा रहदा जनपक्षीय काम गरेकाले नै उपनिर्वाचनमा जनताले माओवादीलाई पत्याएको मास्केले बताए ।केन्द्रिय सदस्य मास्केले माओवादी पार्टी जनक्रान्तिको जगबाट उदाएकाले कसैले सिध्याउछु भन्नु दिवा सपना मात्रै हुने बताए ।
अहिले नेकपा माओवादी केन्द्रको पक्षमा देशैभरी जनलहर बढेको बताउदै केन्द्रिय सदस्य मास्केले जनतासंग नजिक भएर काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।