८ माघ २०७९ आइतबार
नेपालगंज—बाँकेको नेपालगञ्जमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का ४० बर्षिय जितबहादुर भण्डारी सोही ठाउँ निवासी कृष्णराज गुप्ताको घरको गेटमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घरको गेटबाट हाम फाल्ने क्रममा आफ्नै लुगा अड्केर उनको मृत्यु भएको जस्तो देखिए पनि घटना शकास्पद भएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।