प्रदीप गुप्ता
१९ श्रावण २०८० शुक्रबार
नेपालगञ्जः—नेपालगञ्ज उद्योग वाणिज्य संघ निर्वाचनको संघारमा छ ।संघको निर्वाचन नजिकिदै गर्दा उद्योग व्यवसायीलाई भने चुनावी सरगर्मीले छोईसकेको छ ।अध्यक्षका प्रत्यासीहरु घरदैलो अभियानमा समेत जुटिसकेका छन् ।आफ्नो पक्षमा मत माग्न उनीहरु व्यस्त छन् ।
संघको यहि भदौ २ गते हुने निर्वाचनमा दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन ।वाणिज्य संघको आगामी नेतृत्व लिनका लागि समावेशी प्यानलबाट टंक धामी र साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समूह प्यानलबाट ललित कुमार रौनियार बीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुदैछ ।
दुवै प्यानलले बिहीबार नै आफ्ना सबै उम्मेदवारहरुको नाम सार्वजनिक गरिसकेका छन् ।उम्मेदवारी घोषणासंगै अध्यक्ष पदका प्रत्यासी धामी र रौनियारले आफ्नो प्यानलको जीत सुनिश्चि भएको दाबी गरेका छन् ।
समावेशी प्यानलबाट अध्यक्षको उम्मेदवारी दिएका टंकबहादुर धामीले भारतसंग जोडिएको खुला सीमा नाका व्यवस्थापनका लागि आफूहरुको उम्मेदवारी रहेको बताए । उनले भने—‘खुला सीमा नाका कारण चोरी पैठारी गरी कानून विपरीत व्यवसायिक गतिविधि गर्ने क्रम बढेको छ ।यसले गर्दा वास्तविक उद्योग व्यवसायी मारमा परेका छन् त्यसैको नियन्त्रण लागि हाम्रो उम्मेदवारी हो ।’
नेपाल सरकारले नीति अनुसार खुला भन्सार नाकालाई व्यवस्थान गरी र राजश्व चुहावटलाई नियन्त्रण गर्न समावेशी प्यानलको नेतृत्व अग्रसर हुने धामीले बताए । उनी भन्छन—‘भन्सारमा सरकारी कर्मचारीबाट नै राजश्व चुहावट हुने काम भइरहको छ,कर्मचारीले जसरी राजश्व अन्डर टेबल गरिरहेका छन् त्यसैको विरुद्धमा हाम्रो प्यानलले उम्मेदवारी दिएको छ ।जसको नेतृत्व मैले गर्दै छु ।निर्वाचन पश्चात निर्वाचित भएमा यि सबै समस्या समाधान गर्न पहल गर्ने छु ।”
नेपालगञ्ज औद्योगिक हिसाबले पश्चिम नेपालका २४ जिल्लाको केन्द्र बिन्दू भएको बताउदै धामीले यहाँका उद्योग व्यवसायिको मुख्य समस्या नै खुला सीमा भएको बताए ।खुला सीमा कारण नै निजी क्षेत्रले विभिन्न अनेकन समस्या भोग्नु परेको भन्दै त्यसको दीर्घकाली समस्याका लागि समावेशी प्यानललाई विजय गराउन धामीले आग्रह समेत गरे
यसैबीच अर्का अध्यक्ष पदका प्रत्यासी ललित कुमार रौनियारले नेपालगञ्ज उद्योग वाणिज्य संघमा देखिएका वेथितीको अन्त्यका लागि आफुले उम्मेदवारी दिएको बताए ।
रौनियारले नेपालगञ्ज उद्योग वाणिज्य संघलाई सबै उद्योग व्यवसायीको विश्वसनिय संस्थाको रुपमा स्थापित गर्न साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समूहको तर्फबाट नेतृत्व लिन अघि सरेको बताए । उनले भने—‘छिमेकी मुलुक भारतसंग सीमा जोडिएकाले नेपालगञ्ज देशकै एक महत्वपूर्ण औद्योगिक क्षेत्र हो।यहाँ हरेक उद्योगको सम्भावना बलियो छ ।यी सबै कुरालाई एकिकृत गरेर लैजान आवश्यक छ ।त्यसका लागि बलियो उद्योग वाणिज्य सघंको आवश्यकता छ ।जुन कुरालाई हाम्रो प्यानलको नेतृत्वले मात्र परिपूति गर्न सक्छ ।”
रौनियारले खस्कदो अर्थतन्त्रसंगै चर्को भन्सार शुल्क र बैंक व्याजदरका कारण व्यवसायीले विभिन्न समस्या भोग्दै आइरहेको बताउदै यी सबै खाले समस्या समाधान गर्न आफ्नो प्यानलका उम्मेदवारहरु सक्षम रहेको दाबी गरे ।उनले नेपालगञ्जका व्यवसायीका हरेक समस्यासंग नजिक रहेकाले आफुहरुको प्यानलाई निर्वाचित गर्न सबै उद्योग व्यवसायीलाई समेत आग्र्रह गरे ।
समावेशी प्यानलबाट उद्योग उपाध्यक्षमा चिरञ्जीवी ओली,वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने महिला उपाध्यक्षमा मन्दिरा पाण्डे,महासचिवमा भीमबहादुर रानाभाट,उप—महासचिवमा मदनराज शर्मा,कोषध्यक्षमा सलाउद्धिन जसगढ प्रतिस्पर्धामा छन। सदस्यहरुमा इन्दिरा कुमारी शाही,तोप बहादुर थापा,विष्णु श्रेष्ठ,बुद्धि बहादुर दियाली,सुदन केसी,शिवराज शर्मा,धमेन्द्र ंिसह ठटेर,जमानुदिन अन्सारी,टीकामणी उपाध्याय र डम्बर चन्द चुनावी मैदानमा छन् ।कमल कार्की, राजीव तलङ्का एसोसिएट सदस्यमा छन भने फणाधर भण्डारी र रगबहादुर खड्का वस्तुगत सदस्यको उम्मेदवारमा रहेका छन।
साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समूह प्यानलमा उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ ९वाणिज्य०, मोहम्मद सफिक वेहना ९उद्योग० र करिश्मा योगी९महिला० उपाध्यक्षका उम्मेदवारका रुपमा घोषणा गरिएको छ । यसैगरी संघको महासचिवका लागि टंकप्रसाद शर्मा, उप(महासचिव पदका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामी प्रतिस्पर्धामा छन ।संघको सदस्यहरुमा व्यवसायी सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, युवराज ढकाल, प्रमोद कुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्ट उम्मेदवार रहेका छन्।
यसैगरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोत्म अग्रवाललाई सो समुहले मैदानमा उतारेको छ ।