प्रदीप गुप्ता
४ भदौ २०८० सोमबार
नेपालगञ्ज—व्यवसायीहरुको छाता संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघमा समावेशी प्यालनले अध्यक्ष र तीन उपाध्यक्ष सहित बहुमत हात पारेको छ ।अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी निर्वाचित भएका छन् ।
संघको आइतबार राती सम्पन्न भएको निर्वाचनमा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियारलाई ८ सय ९० मतान्तरले हराउदै धामी अध्यक्ष पदमा निर्वाचित भएका हुन ।धामीले २ हजार ४ सय ५६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी ललितकुमार रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरे ।कुल ४ हजार ९ सय २२ मतदाता रहेकोमा ४ हजार १ सय ३२ मत मात्र खसेको थियो ।जसमा १सय १० मत बदर भएको थियो ।
उपाध्यक्षमा तीनै जना निर्वाचित:-यसैबीच वाणिज्य संघको उपाध्यक्षमा समावेशी प्यानलका तीनै जना विजयी भएका छन् । वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने १ हजार ७ सय ७६ मत प्राप्त गरी निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्दी साझा प्रजातान्त्रिक प्यानलका विष्णु श्रेष्ठले १ हजार ४ सय ६७ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा समावेशीकै मन्दिरा पाण्डे १ हजार ८ सय ७७ मत ल्याएर विजयी भएकी छिन भने उनका प्रतिस्पर्धी करिश्मा योगीले १ हजार ४ सय ९४ मत प्राप्त गरिन। उद्योग वाणिज्य उपाध्यक्षमा चिरञ्जीवी वली २ हजार १ सय ५ मतका साथ विजयी भएका छन भने उनका प्रतिस्पर्धी सफीक बेहनाले १ हजार २ सय ३३ र दीपेन्द्र जोशीले ३ सय १६ मत प्राप्त गरे ।
यसैगरी वाणिज्य संघको सदस्य पदमा समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक प्यालनका तीन जना विजयी भएका छन । सदस्य पदमा समावेशी प्यानलबाट विष्णु श्रेष्ठ,डम्बर बहादुर चन्द,इीन्दरा कुमारी शाही,तोपबहादुर थापा,सुदन केसी,टीकामणी उपाध्याय र बुद्धि बहादुर बि.क.विजयी भएका छन।साझा प्रजातान्त्रिक प्यानलबाट शिवप्रसाद दाहाल,युवराज ढकाल र सन्तोष कुमार पौडेल सदस्यमा निर्वाचित भएका छन ।
सदस्य तर्फको प्रतिस्पर्धामा विष्णु श्रेष्ठले सबै भन्दा बढी १ हजार ९ सय ८० मत प्राप्त गरेका छन।डम्बर बहादुर चन्दले १ हजार ८ सय ८८,इन्दिरा कुमारी शाहीले १ हजार ८ सय २०,शिवप्रसाद दाहालले १ हजार ८ सय ५ र तोपबहादुर थापाले १ हजार ७ सय २२ मत प्राप्त गरे ।यसैगरी सुदन केसीले १ हजार ७ सय १,टीकामणी उपाध्यायले १ हजार ६ सय ३,बुद्धिबहादुर बिकले १ हजार ५ सय ९६,युवराज ढकालले १ हजार ५ सय ६५ र सन्तोष कुमार पौडेलले १ हजार ५ सय ३१ मत प्राप्त गरेका छन ।