
फाल्गुन १० नेपालगन्ज– रुपैडिहा बसपार्क बाट नेपालगन्ज लखनउ र दिल्लीको सिधा बस सेवाको आज विहिबार उद्घाटन गरिएको छ ।
यस अवसरमा नानपाराविधान सभाका विधायक रामनिवास वर्मा, रुपैडिहा नगर पंचायत अध्यक्ष डा. उमाशंकर वैश्य, ब्लक प्रमुख नवाबगंज जेपी सिंह, उत्तर प्रदेश यातायात विभाग (देवी पाटन डिभिजन) का सेवा प्रबन्धक आरबीएल शर्मा, आरएम अंकुर विकास, एआरएमजे जेपी सिंह र अन्य व्यक्तिहरू उपस्थित थिए ।
सो अवसरमा नगर पञ्चायतका अध्यक्ष डा. उमाशंकर वैश्यले भारतको राजधानी दिल्ली र उतारप्रदेशको राजधानी लखनउका लागि सिधा सेवा शुरु भएपछि नेपालगन्ज आउने यात्रुलाई सहज हुने बताए । उनीहरूसँग भइरहेको लुटपाट र दुर्व्यवहार रोकिने आशा व्यक्त गरे ।
आजबाट नेपालगन्जदेखि लखनउका लागि ५ र दिल्लीका लागि ५ वटा बस उत्तर प्रदेश यातायात विभागले सञ्चालनमा ल्याएको छ।साथै अयोध्यामा बनेको भव्य श्रीराम मन्दिरको दर्शनार्थीका लागि रुपैडिहा डिपो खोल्ने पनि बताए ।
बनारसका लागि बिहान ८ बजेदेखि बस सेवा सुरु भएको छ, जुन अयोध्या हुँदै बनारससम्म जाने छ, उनले छिट्टै अन्य रुटमा पनि बस सञ्चालनमा ल्याउने बताए ।