२० श्रावण २०८०, शनिबार
नेपालगञ्जः—बाँकेकाे जमुनाह नाकामा अपाङ्ग सवार गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको छ ।
जमुनाह नाकामा रहेकाे यात्रु शाखा अगाडि सडकमा गुडिरहेको यूपि ५६ एम ४१९१ नम्बरको स्कुटरमा अचानक आगलागी भएको हो ।
शनिबार साझ ८ बजे रूपडिया बाट नेपालगन्जमा आउदै गरेकाे अपाङ्ग सवार स्कुटरमा आगलागी हुँदा स्कुटर पुर्ण रुपमा क्षति भएको छ ।
नेपाल प्रहरी, शस्त्र प्रहरी र स्थानीयकाे सहयाेगमा स्कुटरमा लागेकाे आगाे निभाईएकाे थियाे । आगोका कारण मानविय क्षति नभएएकाे प्रहरीले जनाएकाे छ ।