NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

नेपाली कांग्रेसले नेता ढुण्डिराज शास्त्रीको निधनमा तीन दिने शोक घोषणा

नयाँसरोकर नयाँसरोकर
७ महिना अगाडि
होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ।

आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गर्दै असार ४, ५ र ६ गते केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

साथै, असार ५ गते देशभरका पार्टी कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म शोक पुस्तिका राख्ने र १३औं दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेता शास्त्रीको यही असार २ गते काठमाडौं मेडिकल कलेजमा ८९ वर्षको उमेरमा निधन भएको थियो। बैठकमा एक मिनेट मौन धारण गर्दै उहाँको आत्माको शान्तिका लागि कामना गरिएको थियो।

शास्त्रीले विद्यार्थी जीवनदेखि कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निभाउँदै प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा जेल जीवन बिताउनुका साथै लामो समय भारतमा निर्वासित जीवन पनि बिताएका थिए।

उनी जननायक विपी कोइरालाका अनुयायी, समाजवादी विचारक तथा प्रजातान्त्रिक समाजवादका व्याख्याकार समेत थिए। अर्घाखाँचीको किमडाँडामा वि.सं. १९९३ जेठ २५ गते जन्मिएका शास्त्री २०४८ र २०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

पार्टीले नेता शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै राष्ट्र, लोकतन्त्र र समाजवादप्रतिको उहाँको निष्ठा, योगदान र नेतृत्व सदा स्मरणीय रहने उल्लेख गरेको छ।

आजै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सानेपास्थित पार्टी कार्यालयमा शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे।

महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, गोपामान श्रेष्ठ, डा. मीनेन्द्र रिजाललगायत नेताहरूले पनि स्व. शास्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

पार्टी कार्यालयका अनुसार शास्त्रीको अन्त्येष्टि आजै पशुपतिस्थित आर्यघाटमा गरिनेछ।

अघिल्लो पोस्ट

लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

अर्को पोस्ट

प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा

कोहलपुर नगरपालिकाद्वारा १० विद्यालयका ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!