NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर

नयाँसरोकर नयाँसरोकर
१ वर्ष अगाडि
अर्थतन्त्र, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १९, २०८१ 

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरुबीच दुई दिनसम्म भएको अनौपचारिक वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिइटिभलाई आधिकारिक रुपमा अघि बढाउने निश्चित भएको छ । ‘अनुदान’ शब्द राख्ने कि नराख्ने भन्ने विषयमा मत नमिलेपछि हिजो प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तालगत्तै हुन नसकेको उक्त फ्रेमवर्कमाथि आज फेरि हस्ताक्षर भएको हो ।

नेपालले सुरुमा ‘ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ भन्ने उक्त फ्रेमवर्कको मस्यौदामा राखेको थियो । त्यसपछि चिनियाँ पक्षले ग्रान्ट शब्द हटाएर ‘असिन्टेन्ट फाइनासिङ मोडालिटी’ मात्रै राखेर मस्यौदा नेपाललाई फर्काएको थियो । तर अन्त्यमा नेपाली पक्षले ग्रान्ट वा असिन्टेन्टभन्दा पनि ‘एड असिन्टेन्स फाइनासिङ’ राखेर प्रस्ताव गरेकोमा त्यसैमा सहमति भएको बताइएको छ ।

यसअघि मंगलबार अबेर सार्वजनिक गरिएको १२ बुँदे संयुक्त वक्तव्यमा आपसी विकास र रणनीतिको समन्वयलाई थप मजबूत र बेल्ड एण्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति भएको जनाइएको थियो । दुवै देशले ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र बेल्ड एण्ड रोड फ्रेमवर्कमा सक्दो चाँडो समझदारीपत्रमा हस्ताक्षर गर्न तयार रहेको उल्लेख थियो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्स-बीआरआईबाट नेपालले लाभ लिने बताउनुभएको छ। बेइजिङको पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको बीआरआई परियोजनाबाट दुई मुलुकको सम्बन्ध अझै गाढा हुने विश्वाश व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालका सबै राजनीतिक दल ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा उच्चस्तरीय भ्रमण आदानप्रदान भई पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने उहाँले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिनसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आजै उद्यमी-व्यवसायीहरुको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । हिजै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

अघिल्लो पोस्ट

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

अर्को पोस्ट

चितवनमा प्रहरी र रास्वपा कार्यकर्ताबीच झडप

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

चितवनमा प्रहरी र रास्वपा कार्यकर्ताबीच झडप

ब्राउन सुगर सहित एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!