अरुण कुमार नेपाली
माघ २८,२०७९ शनिबार
दाङ—नेपाल विद्यालय कर्मचारी परिषदको दाङको जिल्ला कार्यसमिति सर्वसम्वत चयन गरिएको छ ।शनिबार घोराहीमा सम्पन्न परिषदको दोस्रो जिल्ला भेलाले तप्त शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।परिषदको उपाध्यक्षमा मिनेश श्रेष्ठ महिला उपाध्यक्षमा लीला वली,सचिवमा धन बहादुर रावत,सह—सचिवमा किरण परियार,कोषाध्यक्षमा छत्र चौधरी र सह—कोषाध्यक्षमा दीपा पाण्डेय चयन भएका छन् ।
त्यस्तै परिषदका गतिबिधिलाई थप प्रभावकारी बनाउन अन्य समिति पनि गठन गरिएको छ । निम बहादुर वलीको संयोजक रहेको आर्थिक समिति,पूर्णबहादुर बिक संयोजक रहेको संगठन विभाग,देबेन्द्र सिंह ठकुरी संयोजक रहेको खेलकुद समिति र बसन्त परियारको संयोजक रहेको प्रचार—प्रसार समिति गठन गरिएको छ ।
विद्यालय कर्मचारीका माग सरकारले तत्काल सम्बोधन गर्नु पर्छः उपमहासचिव वली
नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय उपमहासचिव डम्बर बहादुर वलीले सरकारले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्नु पर्ने बताएका छन् । शनिबार जिल्ला परिषद दाङको घोराहीमा उद्घाटन कार्यक्रममा उनले विद्यालय कर्मचारी परिषद र नेपाल सरकार बिच विगतमा भएको सहमति अनुसार नै आफूहरुका माग कार्यान्वयन गर्नु पर्ने बताएका हुन ।
पटक—पटक ध्यानाकर्षण गराउदा पनि माग सम्बोधन गर्ने विषयमा सरकार गम्भिर नभएको भन्दै वलीले अब आन्दोलनबाटै माग पुरा गराएरै छाड्ने बताए । ‘माग सम्बोधन गर्ने विषयमा धेरै पटक सम्झौता गरे पनि सरकारले त्यसलाई गम्भिर रुपमा लिएको छैन,उनले भने,सरकारले अब पनि आनाकानी गर्छ भने नेपाल विद्यालय कर्मचारी परिषद संर्घषमा जान्छ र आन्दोलनबाटै आफ्ना माग कार्यान्वयन गराएरै छाड्छ ।’ परिषदको भेला लुम्बिनी प्रदेश एंव दाङ जिल्ला अध्यक्ष गोबिन्द जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।