फागुन ८,२०७९ सोमबार
अरुण कुमार नेपाली
काठमाडौं -नेपाल विद्यालय कर्मचारी परिषदको २ दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।नेपाल सांस्कृतिक संघ डिल्लीबजारको सभाहलमा तेस्रो राष्ट्रिय सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उद्घाटन पुर्व शिक्षा मन्त्री शिशिर खनालले गरे । कार्यक्रममा बोल्दै पुर्व मन्त्री खनालले विद्यालय कर्मचारीका माग जायज भएकाले सम्बोधनका लागि आफुले पहल गर्ने आश्वासन दिए ।
‘तपाईहरुले उठाएका माग जायज छन’, उनले भने,ती माग सम्बोधन हुने गरी सदनमा आवाज उठाउनेछु ढुक्क हुनुहोस्।,’विद्यालय कर्मचारी मागका सम्बन्धमा आफु पनि जानकार रहेको बताउदै मन्त्री खनालले अहिलेसम्म माग सम्बोधन नहुनु दुखद् भएको बताए ।मन्त्री खनालले आवश्यक नीति बनाएर सरकारले तत्काल विद्यालय कर्मचारीहरुका माग सम्बोधन गर्नु पर्ने बताए।
‘म शिक्षा मन्त्री हुँदा विगतका सरकार र विद्यालय कर्मचारी बिच भएका सहमतिका फाइललाई कार्यान्वयनमा लैजाने तयारी गर्दै थिए, उनले भने तर २०दिनमै सरकारबाट बाहिरिने अवस्था आयो,जसले गर्दा त्यो कामलाई अघि बढाउ सकिए ।,’यद्यपी: पुर्व मन्त्री खनालले आफु सरकार बाहिर भए पनि आवश्यक पहल भने गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीले विगतमा आफुहरु र सरकार बिच भएको सहमति तत्काल कार्यान्वयन नभए फेरि आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
उनले सहमतिका नाममा सरकारले पटक पटक धोका दिएको बताउदै यसपालि पनि माग पुरा नभए देशभरका विद्यालय बन्द गरेर आन्दोलन जाने चेतावनी दिए ।
‘यो सरकारलाई अन्तिम मौका हो,उनले भने, फेरि सरकारले विभिन्न वहानामा आलटाल गर्न खोज्यो भने हामी आन्दोलनमा जान्छौं,त्यसो जिम्मा सरकारले लिनु पर्छ।’,भोलीसम्म चल्ने सम्मेलनमा गत भदौ १गतेदेखि विद्यालय कर्मचारी परिषदले गरेको आन्दोलन, विगतमा सरकारसँग भएका सहमति र सम्झौता, पटक पटक सर्वोच्च अदालतले दिएको आदेश र निर्णयहरू कार्यान्वयन नभएको विषयलाई ठोस निर्णयार्थ रुपमा लगिने छ । साथै सम्मेलन मार्फत नेपाल विद्यालय कर्मचारी परिषद २०७९ घोषणा पत्र समेत जारी गरिने छ ।