३ चैत २०७९,शुक्रबार
दाङ—नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति दाङले शिक्षा विकास तथा समन्वय इकाइ घोराहीलाई आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ ।
शुक्रबार इकाइ प्रमुख देवमणी चौधरीलाई ध्यानाकर्षण पत्र बुझाइएको परिषदका जिल्ला अध्यक्ष तप्त प्रसाद शर्माले जानकारी दिए।नेपाल विद्यालय कर्मचारी परिषद लुम्बिनी प्रदेशका अध्यक्ष गोबिन्द जिसीको अगुवाईमा ध्यानाकर्षण पत्र बुझाईएको शर्माले जानकारी दिए।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधा विगत लामो समय देखी सरकारले वेवास्ता गरी पटक पटक गरिएको सम्झौतालाई कार्यान्वयन गर्न आनाकानी गरेकाले दबाब स्वरुप ध्यानाकर्षण पत्र बुझाईएको नेपाल विद्यालय कर्मचारी परिषद लुम्बिनी प्रदेशका अध्यक्ष गोबिन्द जिसीले बताए।
परिषदले विद्यालय कर्मचारी सहायक (लेखापल) का लागि मंहगी भत्ता २ हजार सहित मासिक ३६ हजार ७ सय ३० र विद्यालय सहयोगीहरुका मंहगी भत्ता २ हजार सहित २६ हजार ९ सय २ रुपैया उपलब्ध गराउनु पर्ने माग गर्दै आईरहेको छ ।
सरकारले तत्काल यी माग पुरा नगरे थप आन्दोलनका कार्यक्रमलाई अघि बढाउने अध्यक्ष जिसीले बताए । ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा विकास तथा समन्यय इकाइ घोराहीका प्रमुख देवमणी चौधरीले विद्यालय कर्मचारीका माग जायज भएको बताउदै ध्यानाकर्षण पत्रको बारेमा केन्द्रिय तहमा जानकारी गराउने प्रतिबद्धता जनाए ।