२१ श्रावण २०८० आइतबार
दाङ—तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउदै कार्यमा जोडिएका छन । विद्यालयमा अध्ययनरत प्राविधिक धार अन्र्तगत पशु विज्ञान तर्फका विद्यार्थीहरुले पढ्दै कमाउदै गर्ने गरेका हुन् ।
विद्यालयमा २०७५ सालदेखी पशु विज्ञान पढाइ हुदै आएको छ । विद्यार्थीहरुले प्रयोगात्मक कार्य सगैं कृषि फर्मबाट आम्दानी गर्दै आएका छन । कृषि फर्म अन्र्तगत माछापालन र कुखुरापालन ब्यवसायबाट गत बर्ष ३५ हजार रुपैया आम्दानी गर्न सफल भएको तेस्रो बर्षका विद्यार्थी रोहित शर्माले बताए । नाफा भएको उक्त रकम मध्ये ५० प्रतिशत उद्यम कोषमा जम्मा गर्ने र ५० प्रतिशत विद्यार्थीले लिने गरेका छन ।
प्रयोगात्मक कार्य सगैं पशु फर्मबाट कमाई पनि हुने हुदा थप उत्साहित भएको अर्का विद्यार्थी सञ्जु विश्वकर्माले बताए । अहिले पनि दोस्रो बर्षका विद्यार्थीहरुले माछापालन र कुखुरापालन गरिरहेका छन । झण्डै ३ तीन सय कुखुरा हालेको १९औं दिन भएको विद्यार्थी दिलिप ओलीले बताए । कुखुरापालन सगैं उनिहरु माछापालन कार्यमा समेत लागेका छन । विद्यालय हाताभित्र नै रहेको पोखरीमा विभिन्न जातका २ हजार २ सय माछाका भुरा हालेको उनले बताए । विद्यालयमा गरिएको पशु फर्मबाट शैद्धान्तीक सगैं प्रयोगात्मक कार्यको ज्ञान लिन सहज भएको विद्यार्थी मधु दाहालले बताए ।
यसका साथै चाडपर्वलाई लक्षित गरि पुष्प खेती समेत गरेको उनले बताए । विद्यार्थीको यस कार्यमा कार्यक्रम संयोजक डा.छविकिरण अधिकारी र प्रशिक्षक हिमाल बस्नेत लगायतले सहयोग गर्ने गरेका छन ।युवा उद्यमी कार्यक्रम अन्र्तगत लुम्बिनी प्रदेश सरकारबाट प्राप्त भएको ५ लाख बाट संरचना निर्माण सगैं उद्यम कोष खडा गरि बिद्यार्थीलाई आयआर्जनमा जोडेको प्रधानाध्यापक पदम बहादुर वलीले बताए ।
कुखुरापाल र माछापालन कार्यमा भएको खर्च कोषबाट लैजाने र पछि फिर्ता गर्ने गरेको प्रधानाध्यापक वलीले बताए । बचतलाई कोषमा जम्मा र विद्यार्थीले लग्ने गरेको उनले बताए । विद्यालयले प्रयोगात्मक कार्य सगैं पढ्दै कमाउदै कार्यमा विद्यार्थी लाई जोड्न बाख्रापालन समेत गरेको छ ।