नेपालगन्ज/माघ ६
कैलाली जिल्लाको लमकीचुहा नगरपालिका वडा नं.६ बाउन्नपुर बस्ने चेतमान बिष्ट पत्रकारको खोल ओडेर समाजमा उदण्ड मच्चाइरहेका छन्।विगत ४ दिन देखि व्यक्तिगत पारिवारिक झगडा लाई लिएर विष्टले आफ्नो सामाजिक संजाल बाट समाचारको नाममा पोष्ट गरिएको पाइएको छ।
कैलालीको सुख्खड बस्ने ३७ वर्षीया हेमा गिरी,२७ वर्षिय सागर गिरी,२० वर्षिय अस्मिता गिरीको कुरा लाई लिएर पटक पटक सामाजिक सञ्जालमा मानसिक तनाव सिर्जना गरिएको पीडित परिवारको गुनासो रहेको छ।
बिष्ट को नाममा पीडित परिवारले ईलाका प्रहरी कार्यालय सुख्खड र ईलाका प्रहरी कार्यालय लम्कीमा र साईबर ब्युरो लाई लिखित उजुरी दिएको बताएका छन्।हाल सम्म चेतमान विष्टले अहिले पनि पीडित परिवार लाई म्यासेन्जरमा फोन गरी मानसिक तनाव दिइरहेको र लम्की प्रहरीमा मेरो राम्रो सम्बन्ध रहेको धम्की दिइरहेको पाईएको छ।
पीडित परिवारको लिखित उजुरी आए लगत्तै हामीले आवश्यक कानुनी अनुसन्धानको दायरा बढाएको सुख्खड का प्रहरी नायव उपरिक्षक वीरेन्द्र वीर बिश्वकर्माले बताउनु भएको छ विश्वकर्माको अनुसार सो घटना लाई आफूहरुले निकै संवेदनशील तरीकाले लिएको र यसमा कुनै किसिमको लापरवाही हुन नदिने समेत वहाँको भनाई छ।
हामीले नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमाल जोशी संग कुरा गर्दा अध्यक्ष जोशीका अनुसार चेतमान् बिष्ट महासंघमा समेत आबद्द नभएको र कैलालीको कुनै पनि सञ्चार गृहमा हाल आबद्द नरहेको बताएका छन्,र तिनलाई छिटो भन्दा छिटो पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि प्रक्रियामा जाने जिकिर समेत गर्नुभयो।
पीडित परिवारका अनुसार फेसबुकमा चेतमान विष्टको साथी घोडाघोडी नगरपलिका वडा नं.२ थुमकीचोक बस्ने कमल सिंह बिष्टको समेत नाम समेत जोडिएको पाईएको छ।निज दुवैले पीडित परिवारको महिलाको सामाजिक सञ्जालमा तस्बिर राखी ब्ल्याकमेल गरी चरित्रहत्या गरिएको छ।
निज दुवैको नाममा लिखित उजुरी दर्ता भइसकेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाई छ।