फागनु १८,२०८१ आइतबार
दाङ । प्रेस चौतारी दाङका जिल्ला सदस्य सुशिल परियार माथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न उक्त संगठनले माग गरेको छ । संगठनले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै परियार माथि आक्रमण गर्ने समूहको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको हो ।
फागुन १७ गते साँझ बंगलाचुलीबाट घोराही आउँदै गरेका परियार माथि चार जनाको अज्ञात समूहले आक्रमण गरेको थियो । प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकालले विज्ञप्ति जारी गर्दै उक्त घटना प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन ।
विज्ञप्ति मार्फ उनले दोषी माथि उचित कानुनी कारबाही गर्न,पीडित पत्रकारहरुलाई उचित व्यवस्था गर्न तथा भविष्यमा यस्ता घटनाहरु नदोहोरिने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्ष गराएकी छन । अध्यक्ष प्रेस माथि हुने यस्ता आक्रमणले प्रेस स्वतन्त्रता र नागरिक अधिकार माथि खतरा उत्पन्न गर्ने भएकाले दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरेकी छन ।
